मुख्यसचिवमा डा.वैकुण्ठ अर्याल नियुक्त

काठमाडौं । सरकारले मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकमा सरकारको मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जानकारी दिएको छ ।

३ महिनापछि अवकाश पाउन लागेका शंकरदास बैरागीलाई अन्य कुनै पदमा व्यवस्थापन गर्ने गरी सरकारले अर्याललाई मुख्य सचिव बनाएको हो ।