अखिल क्रान्तिकारी काठमाडौं जिल्ला अध्यक्षमा हस्त विक
प्रकासित मिति : २०८० जेष्ठ २७, शनिबार ११:३२
प्रकासित समय : ११:३२
काठमाडौं, विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) काठमाडौं (के-१) जिल्ला अध्यक्षमा हस्त विक चयन भएका छन् ।
शुक्रवार काठमाडौंमा सम्पन्न जिल्लाको प्रथम सम्मेलनले अध्यक्षमा हस्त विकको नेतृत्वमा २५ सदस्य जिल्ला समिती चयन गरिएको हो ।
सङ्गठनका केन्द्रीय अध्यक्ष प्रकाश शाहीको प्रमुख आथित्वमा सम्पन्न कार्यक्रमका विशिष्ट अथिती भने पार्टीका के-१ जिल्ला अध्यक्ष सुरेन्द्र सी रहेका थिए । त्यस्तै अन्य अथितीहरुमा संगठनका केन्द्रीय सचिव प्रकाश जप्रेल, केन्द्रीय सचिवालय सदस्य अटल शर्मा, तारा सन्ज्याल, अनिल केसी लगायतका नेताहरु रहेका थिए ।
सम्मेलनबाट नवनिर्वाचित अध्यक्ष हस्त विकले समान शिक्षा प्रणालीको स्थापना र शैक्षिक गुणस्तर सुधारको लागि सदैव प्रतिबद्ध भई काम गर्ने अठोट समेत व्यक्त गरे ।