फेरि ब्युँताइयो विवादास्पद सांसद विकास कोष

काठमाडौँ, अर्थमन्त्री डा प्रकाशशरण महतले प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड बजेट विनियोजनको प्रस्ताव गरेका छन् । सो बजेटबाट विकास कार्यक्रम बनाउँदा न्यूनतम १ करोड हुनुपर्ने अर्थमन्त्री महतले बताए । जसका लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको छ ।

सांसदहरूले आफ्ना पार्टीका कार्यकर्ता पोस्न यो बजेट खर्च गर्ने गरेको र अनियमितता हुने गरेको भन्दै यस्तो बजेट व्यवस्था नगर्न लविङ हुँदै आएको थियो । यसप्रकारको बजेट व्यापक विरोध भएपछि चालु आर्थिक वर्षमा व्यवस्था गरिएको थिएन ।

यस्तो बजेट बेलाबेलामा हट्ने र बेलाबेलामा व्यवस्था हुने गरेको छ । सर्वत्र यो कार्यक्रमको विरोध भए पनि सरकारले आगामी आर्थिक वर्षका लागि यो कार्यक्रमका लागि बजेट विनियोजन गरेको हो ।