रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं, सरकारले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

मन्त्रिपरिषदको सिफारिसअनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार चौधरीलाई आममाफी दिनेछन्।