मैले घुस नखाँदा र नखुवाउँदा अवसरवादीहरु बहुलाए : मन्त्री किराती

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घुस नखाँदा र नखुवाउँदा अवसरवादीहरु बहुलाउन थालेको बताएका छन । आइतबार समाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै मन्त्री किराती आफुले घुस नखाँदा पनि आफूलाई मुछ्न खोजिएको बताएका हुन ।

मन्त्री किराँतीले स्टाटसमा आक्रोश व्यक्त गर्दै लेखेका छन , ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला १ प्रमाणित गर म एक मिनेट बस्दिनँ,’

पशुपतिको अचल सम्पत्तिको रूपमा रहेको कागेश्वरी मनहरा नगरपालिकामा पर्ने जग्गाको अतिक्रमित भाग छाडेर बाँकी हालसाविक गर्न खोजिएको भन्दै टिप्पणी हुन थालेपछि उनले घुस नखाँदा र नखुवाउँदा लाञ्छित गर्न खोजिएको बताएका छन ।