सुर्खेत पुगेर पूर्वराजाले भने देश बनाउन हामी सबै मिलौँ
सुर्खेत, पूर्वराजा ज्ञानेन्द्र शाहले अब मिलेर अगाडी बढ्नुपर्ने बताएका छन । पूर्वराजा ज्ञानेन्द्र शाहले विकास निर्माणका लागि एक आपसमा जुट्न आग्रह गरेका हुन्। शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हुने टिप्पणी समेत गरे।
‘आफ्नो पहिचान हाम्रो शान हो। आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो,’ पूर्वराजा शाहले भने, ‘कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो।’ पूर्वराजा शाहले सम्बोधन गर्दागर्दै ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै हुटिङ भएको थियो। समर्थकहरूको उक्त हुटिङपछि पूर्वराजा शाहले आफू जहाँ जहाँ पुग्यो त्यहाँ यस्तै नारा लाग्नेगरेको सुनाए।
‘हामी जहाँ जहाँ पुग्छौं, त्यहाँ त्यहाँ नेपालीहरुको यस्तै यस्तै आजाव सुन्छु,’ शाहले भने, ‘त्यसैले अब कसरी जानेरु, के कस्तो विधि व्यवस्था अंगाल्नेरु र हाम्रो गौरव गरिमालाई कसरी बचाउनेरु अब सोचौं, के गर्दा देशको राम्रो हुन्छरु के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौं।’
राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुने उनको भनाई थियो। एकजुट भएर राष्ट्रको निम्ति एकसाथ अघि बढ्न उनले आग्रह गरेका छन्।