जो २८औँ पटक सगरमाथाको चुचुरोमा पुगे कामिरिता

काठमाडौं, नेपाली हिमाल आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथापको चुचुरोमा पुगेका छन्।  सन् २०१९ मा एक हप्तामा दुई पटक ९२३ औ र २४ औ पटक० सगरमाथाको सफल आरोहण गर्न सफल कामीरिता शेर्पाले २०२३ मा पुनः एक हप्तामा दुई पटक ९२७ औ र २८ औ पटक० सगरमाथाको चुचुरोमा पुगेका हुन्। 

गत बुधबार ९जेठ ३ गते० २७औँ पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिता आज आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको २८औँ पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चो ओयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, एक पटक केटु गरी ३९ पटक विश्वका अग्ला हिमालहरुको आरोहण गरिसकेका छन्। 

यसअघि  उनले तीन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरिसकेका छन्।  शेर्पाले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथाको आरोहण गरेका थिए। साथै २०१९ मा ६ दिनमा २ पटक, २०२१ र २०२२ मा क्याम्प–२ देखि सगरमाथाको चुचुरो सम्म डोरी टाँग्न नेतृत्व समेत गरेका थिए। 

यस सिजनमा भने उनीले सेभेन समिट टेक्स र फोर्टिन पिक्स एक्स्पीडिशनको टिमलाई नेतृत्व गर्दै सगरमाथाको चुचुरोमा पुगेका हुन्। सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका शेर्पाको ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ।