अखिल क्रान्तिकारी जाजरकोट–सुर्खेत सम्पर्क मञ्च गठन :अध्यक्षमा दिपेन्द्र सोनाम

सुर्खेत, नेकपा माओबादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारी सुर्खेत जाजरकोट सम्पर्क मञ्चको अध्यक्षमा दिपेन्द्र सोनाम चुनिएका छन । आइतबार सुर्खेतमा भएको सम्पर्क मञ्चको भेलाबाट अध्यक्षमा दिपेन्द्र परियार सोनाम चुनिएका हुन ।

भेलामा नेकपा माओबादी केन्द्रका प्रदेश इन्चार्ज काली बहादुर मल्लले सम्बोधन गर्दै आन्दोलनको केन्द्र भुमी जाजरकोटका विद्यार्थीहरु आफ्नो अधिकारका लागि प्रदेश राजधानीमा पनि संगठीत भएकोप्रति खुशि व्यक्त गरे । मल्लले विद्यार्थी आन्दोलनले मुलुक परिर्वतनको लागि महत्वपुर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा नेकपा माओबादी केन्द्रकी प्रदेश अध्यक्ष बिमिला केसी प्रदेश समिति सदस्य,मुनाल, अमरसिंह राठौर अखिल क्रान्तिकारीका प्रदेश मुख्य सचिव अटल आचार्यको समेत उपस्थीति रहेको थियो ।

भेलाले नयाँ कार्यसमितिमा उपाध्यक्ष किशोर बिक सचीव पुष्पराज रावत कोषाध्यक्ष शुशिला बुढाथोकी लगायत २७ सदस्यीय कमिटी चयन गरेको छ ।