पूर्व उपप्रधानमन्त्री रायमाझीलाई पक्राउ गर्न सबै जिल्लामा सर्कुलर
प्रकासित मिति : २०८० बैशाख २५, सोमबार २०:००
प्रकासित समय : २०:००
काठमाडौं । उपप्रधानमन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ । भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोप लागेका रायमाझीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ ।
गत बुधबारदेखि फरार रहेका रायमाझी प्रहरीलाई आफैं आउँछु भन्दै ढाँटेर भागे छन् । प्रहरी प्रवक्ता कुवेर कडायतले फरार व्यक्ति पक्राउ गर्न यसरी सर्कुलर गर्नु नियमित प्रक्रिया भएको बताए ।