कथा : म अनि उ !
म आज कतिदिन देखि भोकै भोकै छु । कतिदिन पछी खाए त हिजो आधा पिलेट चना मात्र । म कस्तो पात्र हुं र को हुं त्यो नि कसैलाई जानकारी भएको छैन । म कसको लागि के गरिरहेको छु त्यो पनि आफैलाई थाह छैन ।
मैले गर्नु पर्ने के हो र के गरे त्यसको वास्तविकताको जानकारी आफैलाई जानकारी छैन । म कतिबेला हांस्छु, कतिबेला रुन्छु, कतिबेला निस्सासिन्छु, कतिबेला बहकिन्छु त्यो कसले बुझेको छ र । म बाहिरी समाजमा हांसेको छु तर वास्तविकतामा म हरपल रोएको छु । म एक्लो भएर मन पनि बहकाएर बांचेको छु । म को हुं आफैंले त चिन्न नसकेको मान्छे हो कठै बरा अरुले के चिन्न सकुन ! म के गर्छु के गर्ने योजना छ त्यो नि त जानकारी छैन । म अरुको लागि जिलोज्यान दिन तयार छु अरु त आफ्नो स्वार्थको लागि मात्र पो रहेछन खै कतै कलि युगको लक्षण त होइन । म को हो ? कसैलाई थाह छ त मेरो मन आत्मा र चिन्तन लाई मात्र । तर अरुले मलाई चिन्न सकेनान र कोसिस पनि गरेनन् । म त आफू सल्केर अरुलाई बाल्ने मान्छे जस्तो लाग्थ्यो तर होइन रहिछ । किनकि म आज धेरै दिनदेखि भोकै छु । मलाई खान दिने को हो ? अरुसंग खाना मागु कसरी खाइस कि खाएनस कसैले सोधपुछ गरेको छैन अहिलेसम्म ।
उ काममा निकै व्यस्त छ् । उ आफ्नो शौचालय सफा गर्न अनि नुहाई धुवाई गर्न मात्र ब्यस्त देखिन्छ । गर्मीको समय हो पानी चिसो के खाने भएर सोधपुछ गर्ने बानी त भएन नै घन्टौ कुनै एक ठाउँमा बस्दाको पीडा त बस्ने मलाई थाह होला । अरु हेर्ने लाई के थाह । शौचालय जति नै सफा किन नहोस शौचालय बाट किचन कोठा बनाउन त कसैपनी सकिदैन र दर्ज नि हुदैन । चांदी झल्क किन नहोस सुनको ठाउँमा पुग्ला र ? को कसको लागि किन ? मलाई उसले बुझ्ने कोशिस नि गरेन गर्नु ।
उसको अब त साथ संगत माया ममता अनि सम्पूर्ण कुराको आनिबानी तर पनि व्यवास्ताको आधार भएपछि । म समाजको लागि हांसेको छु तर उसको लागि मरेको पात्र हुं । उसको मलाई आफ्से आफ मार्ने प्रवृती त होला नि जस्तो लाग्न पो थाल्यो आजभोलि। म उसलाई कुर्छु भन्दा उ त अन्यत्र रमाउदै गरेको पो पाए त । म छोड्छु भन्दा झ्यास्स सपना अनि उस्तै परे विपनामा आउने उ आजभोलि अरुसंग पो रम्न अनि जम्न थालेको रहेछ वा रे वा । प्रेम त्यो हो जुन मैले विश्वासमा रोपेको, भरोसामा बढेकाे, श्रद्धामा फक्रेको र आशामा सजिएको लाग्ने मान्छे म । अर्काको बारेमा वास्तविकको खोजी नगरी विभिन्न आरोप लगाई माग्ने मान्छे म । तर पनि वास्तविकको खोजी नगरी हेपिएको र चेपिएको मान्छे म । आँसु पनि कति नै हुंदोरहेछ र सकिएको मान्छे म । मलाई निद्रा, भोक र प्यास त हराउदै नगएका होइनन् तर माया ममता र साहस त उसको लागि हो जस्तो लाग्छ । म हिजो जे छु त्यही छु तर उ आजभोलि फेरिएको जस्तो छ । जे होस उसको खुशी अनि उमंग जस्तोसुकै होस त्यो मैले बुझे भयो । सानो तिनो कुराले झगडा गरेको देख्दा अनि सुन्दा र भोग्दा सांची कतै संसारम एक्लो भएको हुं कि जस्तो लाग्छ ।
मैले उसबाट साहस, आंट साथ र गौरव अनि माया चाहेको हो । के म पाउछु ? किन र कसरी त्यो उतर दिने को र कसरी को ? तर उ को हो ? सायद उ खोजी गर्न नसकेको होला कि ? उसको लागि कैयन दिन म भोकै रहे । तिर्खा बिहिन मात्र होइन प्यास विहिन पनि । म त उसको लागी अएउ सबैबाट एक्लो भए तर उ आफनै संसार अनि दुनियाँमा रमाएको देखे । के म गलत हुं कि उसलाई बुझ्न् कोशीस गर्दै थिए कि चिन्ह सकिन उसलाई । मैले उ प्रति गरेको यो विश्वास आज भोक, शोक अनि दोष देखाउने स्थानमा पुगेको पाए । तर म उसको विविध खोजिको लागि पछिल्लो बाट अघिल्लो र अघिल्लो बाट पछिल्लो उसको गतिविधिमा भने पुग्न सकिन ।
म त केहि बोल्दिन किन कि मलाई त स्लो पोईजन जस्तो तनाव दिएर मार्ने योजना कोरिदै गरेको थाह पाए के यो सत्य हो कि म भ्रम म छु ? यसको जवाफ दिने साथी नि पाउन गार्हो भयो मलाई । जे होस उ निकै लागि खुसी त छ तर मेरो लागि उ निकै खतरानाक भएर आएको महसुस भएको छ । बोल्न खोज्यो आंखाबाट आँसु बर्बर आउँछ । हिजो पनि आएको आंशुको कारण आज आँसु आउन बन्द भयो । विगतमा कति आँसु झरे दिन कति दुखी भएर गय तर पनि म पात्रको वास्तविकताको खोजी गर्न उसले सकिएन । आँसु पुछ्नेहरु भन्दा आँसु निकाल्नेहरु खतरा हुन्छ्न भन्ने सुनेको म आज आफैलाई आफ्नो जिवनमा आईलागेको त होइन कतै ?
म उसको लागि निकै तनाव लिने व्यक्ति हो तर उ भने कता कता अर्कोको लागि मतिहते गर्ने गरेको बुझे । मलाई निकै समय प्रयोग गरेको भएपनी उसको आज भोलि अनुहार त बद्लियो नै, रहन सहन, बोलिचाली, लवाइ खवाई मात्र होइन सोच नै बदलिएको पाए । के अब उसको जीवन पुरै बदलिँएलो हो त ? जिज्ञासा, कौतुहलता नि मनमा अनेकन प्रश्न । सायद रमाइलो जिवन, गाउंले रहन सहन ग्रामीण बस्तिको बसाई भएको भए आज उ अनि म के हुन्थ्यो होला ? परिकल्पना पनि त गर्न सकिन्न नि । समय सबैको बलवान् त होला नि । खै जसको शक्ति उसको भक्ति पो हो कि ? पाप धर्म के हो हुन्छ कि हुदैन ?मानिस को हो? किन जन्म लिन्छ ? किन उ को सम्पूर्ण क्रियाकलाप र गतिविधिको चियोचर्चो गर्छ । उब्जिएका विविध प्रश्न प्रतिउत्तरको खोजी नै वास्तविक जिवनको अर्थ हो कि । सायद म र उ सधै भेटघाट नहुने त होला । उसको र मेरो भेट र कुराकानी अनि भलाकुसारी हुने पनि त देखैदैन र नहोस पनि ।
शर्मा मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापक हुनुहुन्छ ।