कर्णालीमा काँग्रेसबाट सिफारिस तीन मन्त्रीको शपथ आज

सुर्खेत, कर्णाली प्रदेशमा कर्णालीमा काँग्रेसबाट सिफारिस तीन मन्त्रीको शपथ आज हुने भएको छ । 

आजबाट नेपाली काँग्रेस औपचारिक रुपमा सरकारमा सहभागी हुने भएको हो  । सरकारलाई विश्वासको मत दिँदै आएको काँग्रेस सरकारमा सहभागी भएको थिएन ।

नेकपा एमाले बाहिरिएपछि काँग्रेस सरकार सहभागी हुने भएको हो । एमालेले समालेका तीन मन्त्रालय काँग्रेसले पाउने भएको छ । काँग्रेसले आर्थिक मामिला, सामाजिक विकास र उद्योग, पर्यटन मन्त्रालयमा नाम पनि सिफारिस गरेको छ ।

काँग्रेसको प्रदेश कार्यसम्पादन समितिको बैठकले कृष्ण कुमार बिसी, खड्ग बहादुर पोखरेल र बेदराज सिंहलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

काँग्रेसले सिफारिस गरेका मन्त्रीहरुको आज शपथ राखिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

सिंहले आर्थिक मामिला तथा योजना, पोखरेलले सामाजिक विकास र बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार शपथ गराउने तयारी भइरहेको छ ।