संगठन सुदृढीकरणमा सुर्खेतको वाइसिएल विरेन्द्रनगरमा प्रबेशीको ओइरो

सुर्खेत, बिरेन्द्रनगर बिभिन्न राजनितिक दल परित्याग गर्दै नेकपा माओबादी केन्द्रको भातृ संगठन वाइसिलमा प्रबेश गर्नेहरुको ओइरो लागेको छ । संगठनको जिल्लाको भेला तथा बैठकमा बिभिन्न राजनितिक दलहरु परित्याग गर्दै संगठनको समाहित हुनेहरुको ओइरो लागेको हो ।

वाइसियल सुर्खेतको तेस्रो पुर्ण बैठक तथा भेलामा बिभिन्न राजनितिक दलहरुबाट काँग्रेश,एमाले राप्रपाबाट करिब २ दर्जन बढिले प्रबेश गरेको वाइसियल सुर्खेतका इन्चार्ज धन बहादुर वली बिकासले जानकारी दिए । 

इन्चार्ज वलिका अनुसार वाइसियल पछिल्लो समय संगठन बिस्तारका साथै सुदृढीकरण अभियानमा लागेकोे छ । सोहि क्रममा बिभिन्न दल त्याग्दै वाइसियल रोजेको इन्चार्ज वली बताए । अब वाइसियल सम्पुर्ण खाले बेतिथिका बिरुद्ध पर्खाल बनेर उभिन्छ इन्चार्ज वलीले भने युवाहरु समास्या उजागर गर्ने मात्रै होइन समाधानका पर्याय पनि हुन भन्ने सन्देश दिन तयार छन ।

बिक्रम कुमालको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि माओबादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष बिमला केसीको उपस्थीति रहेको बताइएको छ । कार्यक्रममा प्रबेशीहरुलाई खादा अबिर लगाएर माओबादी केन्द्रकी प्रदेश अध्यक्ष बिमला केसीले स्वागत गरेकी थिइन । कार्यक्रममा सुवास रावलको नेतृत्वमा २ दर्जन युवाहरुले प्रबेश गरेका थिए । कार्यक्रममा बिभिन्न ९ वटा पालिकाबाट प्रतिनिधिहरुको उपस्थीति रहेको बताइएको छ ।

यस्ता छन बैठकका निर्णय

वाइसियलले संगठन बिस्तारका लागि प्रत्यक पालिकामा भेला तथा बैठक गर्ने निर्णय गरेको बताइएको छ । त्यस्तै संगठनलाई व्यवस्थीत संगठन बनाउन डिजिटलमैत्री संगठन बनाउने निर्णय गरेको बताइएको छ । वाइसियलले समाजमा भएका सम्पुर्ण खाले बेतिथि रोक्न वाइसियल समाजको महत्वपुर्ण स्वयमसेवक अंग बन्ने बताएको छ । बैठकले संगठनको सुर्खेतको संयोजकमा बिक्रम कुमाल र सचिवमा डिल्ली भट्टराई लगायर्त ३७ सदस्य समिति चयन गरेको थियो ।