नेपाली सेनाको साइबर स्पेसमा अट्याक गरेको आरोपमा एक युवक पक्राउ
प्रकासित मिति : २०७९ चैत्र २४, शुक्रबार १९:३४
प्रकासित समय : १९:३४
काठमाडौं, नेपाली सेनाको साइबर स्पेसमा अट्याक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल रहेको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए । ढकाल पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी हुन् ।
विभिन्न समयमा सेनाको साइबर स्पेशमा अनधिकृत हमला गरेको भन्दै सेनाले साइबर ब्यूरोलाई यसबारे पत्राचार गरेको थियो। सोही आधारमा ब्युरोले अनुसन्धान अगाडि बढाएको थियो । पक्राउ परेका ढकालविरूद्ध काठमाडौं जिल्ला अदालतबाट शुक्रबार ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको एसएसपी अर्यालले बताए ।