क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच आज एकता हुने

काठमाडौँ – दुई कम्युनिस्ट पार्टीबीच आज एकता हुँदै छ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुने भएको हो ।

नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आएका थिए । नेकपा बहुमतका नेता वास्तोलाका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीबीचमा एकीकरण घोषणा सभा हुँदैछ ।