बा भरिया र म ?

रित्तो झोला भिरेर 
कलम किन्न हिडिरहेको 
कुनै आसु कबि जस्तै देखिन्छन ।
यदि,उन्को झोला खोलेर हेर्ने हो भने 
सायद जहाँ देखिन्छ होला 
ब्यथै ब्यथाका कबिताहरु 
हारेक हरफ !
अनि कहालिलाग्दा कथाहरु ।
वा भनौ,
दन्द्दकालमा घायल भएको कुनै सिपाहीको झै 
संघर्षका अति लामा 
अनि असफल इतिहासहरु 
कसम !
जो कसैले पनि लेख्न सक्दैन ।
 
मेरा बा भरिया हुन 
भारी बोकिरहने 
तर,काधको त्यो भारिले 
मेरा बाको भोक मेट्न सकेन ।
 
जस्तो कि,कुनै किसानले 
उब्जाएको अनाजले 
किसानको रिण तिर्न सकेन 
जन्ताले जन्माएको नेताले 
जन्ताको भलाइ गर्न सकेन 
र जति नै पृय भए पनि 
प्रेमिका पृय यादहरुले कमाइ गर्न सकेन  
 
यसै गरेर 
भारी बोकिरहदा बर्सौपछी आज 
बा रोगी भएका छन ।
पसिनाको मोल के हो
त्यो थहा नभएर होला सायद 
काधको त्यो भारिले
तर,बिमारी बाको दबाइ गर्न सकेन ।
 
डिग्री पढ्दै गरेका सर्टिफिकेट बोकेर 
बेरोजगारी भएर 
ओरालो झरिरहेको कुनै युवापिढी झै  
आयुले सिढी नाधेर
उकालो चढ्दै गरेको 
मेरा बा भरिया हुन, त्यो भारीले 
कै गर्न सकेन 
कैले पनि 
मेरा बाको पेट भर्न सकेन ।
 
बर्सौ पहिलो बिर्सिएर
भेलेनटाइन डेमा सम्झिएको कुनै प्रीयसिलाई जस्तै 
अचानक 
मैले ऐले तिमिलाइ सम्झिदै गर्दा यस्तो लाग्यो
लायक भनेर तिमिले जिन्दगिभरी 
बेकारमा बोकिरहेको भारी 
र त्यो म नै हो ।
 
मेरा बा भरिया हुन 
भारी बोकिरहने ।