युवा जनस्वयमसेवक बाँकेको पाचौं वैठक सम्पन्न, अध्यक्षमा रामु चौधरी

काठमाडौं, नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयमसेवक नेपाल बाँकेको जिल्ला समिती बाँकेको अध्यक्षमा रामु चौधरी चयन भएका छन् ।

दलाल, माफिया र भ्रष्टहरु विरुद्ध हाम्रो आन्दोलन, युवा जागरण, वैज्ञानिक समाजवादी क्रान्तिकारीका लागी पाचौं जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ सोमवार सम्पन्न जिल्लाको पाचौं सम्मेलनले चौधरीको नेतृत्वमा २९ सदस्य जिल्ला समिती चयन गरेको हो । जसको उपाध्यक्षमा बसन्त खत्री, पवन चिडिमार, सचिब राज कुमार थारु लगायत रहेका छन् ।

सङ्गठनका केन्द्रीय अध्यक्ष हरिष भट्टको प्रमुख आथित्यता र नेकपा (बहुमत) का केन्द्रीय सदस्य तथा बाँके र बर्दिया जिल्ला इन्चार्ज प्रेम बहादुर चलाउने ‘अनन्त’, रहनु भएको थियो ।

त्यस्तै अथितीहरुमा पार्टीका बाँके जिल्ला संयोजक कृष्ण शाह, युवा जनस्वयमसेवक नेपालका केन्द्रीय महासचिव झलक बिक, अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा भेरी कर्णाली इन्चार्ज डिबि शाही, केेन्द्रिय सदस्य सुनदेवी शाही, सङ्गठनका के.स.स. तथा शुदुरपश्चिम इन्चार्ज भुवन रम्तेल, केसस तथा कन्चनपुर र डडेल्धुरा इन्चार्ज दिपेन्द्र ऐरी लगायत पार्टी र जवसका नेताहरुको उपस्थिति रहेको थियो ।