भोली युवा जनस्वयमसेवक बाँकेको ५ औं जिल्ला सम्मेलन हुँदै
प्रकासित मिति : २०७९ चैत्र १२, आईतवार २१:२३
प्रकासित समय : २१:२३
काठमाडौं, नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयमसेवक नेपाल बाँकेको ५ औं जिल्ला सम्मेलन हुने भएको छ ।
सोमबार बाँकेको नेपालगन्जमा सम्पन्न हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भईसकेको सङ्गठनका केन्द्रीय सदस्य तथा बाँके र बर्दिया जिल्ला इन्चार्ज प्रकाश शर्माले जानकारी दिए ।
‘दलाल, माफिया र भ्रष्टहरु विरुद्ध हाम्रो आन्दोलन, युवा जागरण, वैज्ञानिक समाजवादी क्रान्तिकारीका लागी पाचौं जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ जिल्लाको पाचौं सम्मेलन सम्पन्न हुन लागेको हो ।
जिल्ला सम्मेलनमा नारा जलुस र र्याली सहित बिहान ११:०० बजे नेपालगन्ज बजार परिक्रमा गर्ने कार्यक्रम रहेको सङ्गठनले जनाएको छ ।
सम्मेलनका युवा जनस्वयमसेवक नेपालका केन्द्रीय अध्यक्ष हरिष भट्ट, महासचिव झलक बिक सहित पार्टी र अन्य जनबर्गिय सङ्गठनका केन्द्रिय नेताहरुको सहभागीता हुनेछ ।