जगन्नाथ गाउँपालिकामा तीन राजनितीक दलको ध्यानाकर्षण

गाउँपालिका अध्यक्ष शाहीले मनोमानी गरेको आरोप

बाजुरा, जिल्लाको जगन्नाथ गाउँपालिका भित्रका कार्यालयहरुमा सहायक प्रमुख प्रशासकिय अधिकृत देखी कार्यालय सहयोगी सम्म गाउँपालिका अध्यक्ष काली बहादुर शाही कै नातेदार नियुक्त गरेको पाइएको छ ।

इन्जिनियरमा छोरा, स्टाफ नर्समा छोरी, आईटी ईन्जीनियरमा भतिजी, लेखापालमा साडुभाई, रोजगार संयोजकमा मित छोरा, स्टोर प्रमुखमा पनि मित छोरा, वडा सचिवमा श्रीमती, नाताले भाई पर्नेलाई ओभरसियरको जिम्मेवारी र कार्यालय सहयोगीमा पनि अध्यक्ष शाहीकै नातेदार नियुक्त गरेको जगन्नाथका तीन राजनितिक दलको हस्ताक्षरित संयुक्त ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।

गाउँपालिकाको कार्यालय र जुनसुकै वडामा पनि पालिका अध्यक्षका नातेरदार नियुक्त गरिएको हुदाँ सेवा प्रवाह स्वतन्त्र र निष्पक्ष नभएको समेत जानकारी गराएका छन् ।

गाउँपालिकाको नातावाद र राजनितिक आस्थाले गर्दा गाउँपालिका भरिका विकास निमार्णका कामहरु अलपत्र अवस्थामा रहेको र सर्वसाधारण स्थानीयले समेत दुःख पाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

बुधवार जगन्नाथ गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रले गाउँपालिका समक्ष संयुक्त ज्ञापन पत्र बुझाउदै वडाबाट छनोट भएका योजनाहरु गाउँपालिकाको गाउँसभामा पास नगरी गाउँपालिकाका केही व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि दिएका योजनाहरुमात्र पास गरेको समेत आरोप लगाएका छन ।

पालिका भित्रका वडाका जनप्रतिनिध तथा कर्मचारीहरु वडाको कार्यालयमा नगई गाउँपालिकाबाट नै सेवा प्रवाह गर्ने गरेको पाइएको हुदाँ त्यसले गर्दा वडाका स्थानीयले दुःख पाउने भएकाले यस भन्दा पछि वडाबाट गरिने कामहरु गाउँपालकामै गरेको पाइएमा वडाका कर्मचारी र जनप्रतिनिधिहरु लाई कालो मुसो दल्ले समेत तीन राजतिनितिक दलहरुले चेतावनी दिएका छन ।

यदी पालिकाले विगतका कमीकमजोरीहरु सुधार गर्दै नगएपछि तीन वटै राजनितिक दलहरुले उठाएका मुद्धाहरुको सुनुवाई नभएपछि कायार्लयमा धर्ना गर्ने, स्थानीय सरकारलाई असहयोग अभियान संचालन गर्ने देखि तालबन्दी सम्म गर्ने कदम चाल्ने तीन दलको संयुक्त ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ । साे सम्बन्धमा गाउँपालिका अध्यक्ष शाहीलाई फाेन मार्फत बुझ्न खाेज्दा फाेन उठेन् ।

यस्तो छ ध्यानाकर्षण पत्र