बागेश्वरी क्याम्पसको स्ववियु सभापतिमा कमल चन्दको उम्मेदवारी

यस्ता छन प्रतिबद्धताहरु

काठमाडौं, मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको बाँकेको बागेश्वरी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कमल चन्दले उम्मेदवारी दिएका छन् ।

यही चैत्र ३ गते हुन स्वतन्त्र विद्यार्थी युनियन ‘स्ववियु’ निर्वाचनमा उनले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को तर्फबाट सभापतिमा उम्मेदवारी दर्ता भएका हुन् । त्यस्तै सचिवमा सन्जिता रावत र कोषाध्यक्ष दिपा गुरुङले उम्मेदवारी दिएका छन् ।

”श्रम र उत्पादनसँग जोड्ने, अनुसन्धानमुलक र वैज्ञानिक शिक्षा हाम्रो अभियान ! वास्तविक विद्यार्थीको सशक्त स्ववियुका लागि अनेरास्ववियू (क्रान्तिकारी) लाई मतदान” भन्ने नारा सहित उक्त सङ्गठन बाँके सहित देशव्यापी स्ववियु चुनावमा होमिदैछ ।

उक्त सङ्गठन संसदीय व्यवस्था असफल भएको निष्कर्ष सहित नयाँ राजनीति व्यवस्थाको माग गर्दै खरो रुपमा सडक संघर्ष गरिरहेको राजनीति दल धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) को भातृ सङ्गठन हो ।

यस्ता छन प्रतिवद्धता !

क्याम्पसलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन कोसिस गर्ने ।

– भौतिक पुर्वाधारले सम्पन्न बनाउन पहल गर्ने / दबाब सिर्जना गर्ने।

– क्याम्पसलाई प्रविधिमैत्री बनाउन जोड गर्ने।

– नियमित पठनपाठन, पुर्णकालीन प्राध्यापकहरुको व्यवस्थाको लागि जोड गर्ने।

– आंशिक प्राध्यापकहरुको व्यवस्था गर्नुपर्ने बाध्यात्मक अवस्थामा क्षमता, अनुभव र क्याम्पस निर्माणमा खेलेको योगदान समेतलाई ध्यान दिइनुपर्ने।

– क्याम्पस प्रशासनले अगाडी सारेका क्याम्पसका बृहत्तर योजनामा विद्यार्थीहरुलाई सहभागी गराउने ।

– व्यवस्थित र मापदण्ड अनुसारको पुस्तकालय निर्माणको लागि पहल गर्ने।

– खेलकुद सामाग्री र खेल मैदान(विभिन्न खेलहरु)को पुर्ण व्यवस्था गर्ने /गराउने।

– क्याम्पस आफैले व्यवस्थित भोजनालय संचालन गर्न जोड गर्ने ।

– छात्रवृत्ति पाउनुपर्ने वर्गका विद्यार्थीहरुको छात्रवृत्ति फाराम स्ववियु आफैले भरिदिने।

– प्राध्यापक नियुक्ति गर्दा योग्यता , क्षमता र खुल्ला प्रतिस्पर्धाको आधारमा (कागजी प्रतिस्पर्धा होइन ) नियुक्त गर्ने थिति निर्माण गर्न जोड दिने।

– फर्निचरको उचित व्यवस्थापन गर्न जोड गर्ने।

– हरेक ६ महिनामा क्याम्पसको आर्थिक हिसाबकिताब सार्वजनिक गर्न दबाब सिर्जना गरिनेछ।

– सर्वाङ्गीण विकासको निम्ति बार्षिक कार्यतालिका निर्माण गरी नियमित खेलकुद र अतिरिक्त क्रियाकलाप संचालन गर्ने।

– क्याम्पसको सरसफाइ , स्वच्छ खानेपानी, सेनेटरी प्याड, हरेक परिक्षा हुने समयमा “स्वास्थ्य सिविर” सन्चालन ,विद्यार्थी भर्ना हुँदा र प्रवेश पत्र लिँदा सहयता कक्ष (Help desk) संचालन गरिनेछ ।

– विद्यार्थीहरुको गुनासो र समस्या हरेक महिना संकलन गरी आवश्यक र जायज माग सम्बोधन गर्ने /गराउने।

– क्याम्पसलाई हरित क्याम्पसको अवधारणा बनाई उपयुक्त मौसममा वृक्षरोपण गर्ने ।

– क्याम्पसको हालसम्मको सम्पुर्ण आर्थिक हिसाबकिताब सार्वजनिक गर्न जोड गरिने।