नवनिर्वाचित राष्ट्रपति पौडेललाई पाकिस्तानी राष्ट्रपतिको बधाई

काठमाडौँ, नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानका राष्ट्रपतिले बधाई दिएका छन् ।

पाकिस्तानी राष्ट्रपति डा.आरिफ अल्भीले राष्ट्रपतिको आधिकारिक ट्विटर अकाउन्टमार्फत पौडेललाई बधाई दिएका हुन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई बधाई दिने अल्भी पहिलो समकक्षी हुन् ।

उनले बधाई सन्देशमा भनेका छन्, ‘सम्माननीय रामचन्द्र पौडेल नेपालको अध्यक्षमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । नेपाल–पाकिस्तान सम्बन्धलाई अगाडि बढाउन उहाँसँग काम गर्न उत्साही छु ।’