कोहलपुरको जिवनज्योति स्कुलका प्रिन्सिपल जोमन जेम्स पक्राउ
कोहलपुर, बाँकेको कोहलपुर नगरपालिका १० मा रहेको प्रतिष्ठित संस्थागत विद्यालय जिवनज्योति स्कुलका प्रिन्सिपल जोमन जेम्स पक्राउ गरेका छन् ।
उनलाई किर्ते नागरिकता लिएको आरोपमा शुक्रवार पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएपी सुन्दर तिवारीका अनुसार नागरिकता टोलीलाई झुक्याएर नागरिकता लिएको देखिन्छ । उनले कोहलपुर – ६ बाट नक्कली सर्जिमन गरी वि.स. २०६३ मा आएको नागरिकता टोलीलाई झुक्याएर नागरिकता लिएका हुन् ।
जसमा बाजे थोमन जेम्सको नाति र बुवा एमो जेम्सको छोरा हो भनी कोहलपुर ६ का बाल किसुन थारु, जलारु थारु राखेर सन्तविर सुनारको टोलिले ६६३०१३/४१ नम्बरको नागरिकता झुक्याएर लिएको पाएपछी उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालयका प्रमुख डिएपी तिवारीले जानकारी दिए ।
अनुसन्धानको लागी हिरासतमा राखिएका प्रिन्सिपल जोमन जेम्मले आफु बिरामी भएको बताएपछी उनलाई प्रहरी निग्रानीमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगन्जमा राखिएको छ ।