डुडुवाका सामुदायिक बनमा काठ तस्करको बिगबिगी, २ जना पक्राउ

नेपालगन्ज, बाँकेको डुडुवा गाउँपालिकाको सामुदायिक बनहरुबाट दिनहुँ काठको चोरी निकासी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

डुडुवा गाउँपालिका-२ को बेतहनी स्थित झोरा सामुदायिक बनक्षेत्र भित्रबाट सालका काठहरुको कटाण गरेर चोरी निकासी गर्दैं गरेको अवस्थामा केही परिणाम सालको काठ सहित स्थानियले २ जनालाई सोमबार राती प्रकाउ गरेका छन् । पक्राउ परेकालाई जिल्ला बन कार्यालय बाँकेमा बुझाएको बुझिएको छ ।

स्थानियका अनुसार प्रकाउ पर्नेमा बाँके डुडवा गाउँपालिका वडा नं. ३ बस्ने ४० बर्षिय जालीम खांँ र ४५ बर्षिय वकील खाँ रहेका छन् । उनिहरुलाई सामुदायिक बन भित्रबाट सालका हरिया रुख काटेर लादैं गरेको अवस्थामा फेला पारिएको हो ।

सामुदायिक बनमा दिनहुँ हुने चोरी निकासीमा संलग्नलाई कानुन अनुसार कडा कारबाहीको माग गर्दैं स्थानीयले डिभिजन बन कार्यालय बाँकेलाई लिखित जाहेरी सहितको निवेदन समेत दिएका छन् ।

गएको केही समय देखी सामुदायिक बनबाट साल सहित विभिन्न प्रजातिका काठहरु रातिको समयमा कटान गरेर तस्करी हुने गरेपछी स्थानीयले रातको समयमा बनक्षेत्रमा पहरा दिएका स्थानियले सालका रुखहरु कटान गरेर लैजादैं गरेको अवस्थामा दुई जना पक्राउ गरेका थिए । साथै अन्य केही व्यक्तिहरु भने भाग्न सफल भएको स्थानीयले जनाएका छन् ।

यसरी रातको समयमा हुँने काठ तस्करीमा सामुदायिक बनका केही पदाधिकारी लगायत जिम्मेवार व्यक्तिहरु सहितको मिलेमतो हुँनसक्ने स्थानीयको आशंका छ ।