बाँके प्रशासन कार्यालयको अघाडी विरोध प्रदर्शन
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले जिल्ला प्रशासन कार्यालय बाँके अघाडी बिरोध प्रदर्शन गरेको छ । सरकार संग भएको तीन बुदे सहमति अनुरुप आस्थाका बन्दिहरु रिहाई र मुद्धा खारेजको माग गर्दैं आज बुधबार जिल्ला प्रशासन कार्यालय अघाडी बन्दिहरुको फोटो सहित बिरोध प्रदर्शन गरेको हो ।
तीन बुदे सहमतिको कार्यान्वयन गर, राजबन्दीहरु रिहा गर, संसदीय व्यवस्था मुर्दवाद लगायतका नारा र फोटो प्रदर्शन गरेर विरोध प्रदर्शन गरिको छ ।
नेकपा (बहुमत) का नेपालगन्ज उपमहानगरपालिका इन्चार्ज विरबहादुर परियार ‘प्रमोद’ ले सन्चालन गरेको कार्यक्रममा पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्वियू (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज डिबी शाहीले गरेका थिए ।
उक्त बिरोध कार्यक्रममा सम्बोधन गर्दै विद्यार्थी नेता शाहीले तत्कालीन ओली नेतृत्व सरकार संग भएको तिन बुदे सहमतीको इमानदारीपूर्वक कार्यान्वयन गर्न देशैभरका जेल हिरासतमा रहेका नेता कार्यकर्ता रिहा गर्न माग गरेका छन् ।
उनले सहमति भएको करिब ३ बर्ष पुग्न लाग्दा समेत सहमति अनुसार सरकारले राजबन्दीहरु गिरफ्तार नगरेर आफैले गरेको सहमतिको ठाडो रुपमा उल्लङ्घन गरिरहेको आरोप लगाए ।
‘सरकार आफैले गरेको सहमतीको उलङ्घन गरिरहेको छ, आस्थाका कै कारण झुट्टा मुद्दामा बर्षौ देखी ४ दर्जन बडी साथिहरुलाई जेलमा राखिएको छ, जुन दु:खद कुरा हो । म अनुरोध गर्न चाहान्छु, सरकारले तीन बुदेको इमानदारीपूर्वक कार्यान्वयन गरोस् । झुट्टा मु्द्धा खारेज गरोस्, राजबन्दी रिहा गरोस् ।’
तत्कालीन केपी ओली सरकार र नेकपा बिच २०७७ फागुनमा तीन बुदे सहमती भएको थियो । उक्त सहमतिको अझै सम्म पनि कार्यान्वयन नभएको भन्दैं बाँके सहित देशभरका जिल्ला प्रशासन कार्यालय अघाडी आज बिरोध प्रदर्शन गरिएको छ ।