त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका प्रबन्धक पक्राउ
प्रकासित मिति : २०७९ माघ १०, मंगलवार ११:२९
प्रकासित समय : ११:२९
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका प्रबन्धक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रबन्धक पूर्ण प्रसाद चुडाललाई पक्राउ गरेको हो ।
उनलाई घूसबापतको रकमसहित कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । प्रबन्धक चुडालको साथबाट १ लाख ५० हजार घुस रस्रोत नखुलको थप ८ लाख बरामद भएको जनाइएको छ ।
सोमबार पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिए ।