हवाई क्षेत्र सुरक्षित बनाउन गम्भीर भएर काम गर्छु : पर्यटनमन्त्री किराँती
प्रकासित मिति : २०७९ माघ ३, मंगलवार २०:१८
प्रकासित समय : २०:१८
काठमाडौं । नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि गम्भीर भएर छलफल गर्ने बताए ।
मंगलबार सिंहदरबारमा पदभार ग्रहण गर्दै किराँतीले हवाई क्षेत्र सुरक्षित गर्न र यसअघि भएका कमी कमजोरीलाई सुधार गर्न छलफल गर्ने बताए । उनले एक महिनाको पारिश्रमिक परोपकारको काममा लगाउने निर्णय गर्दै खादा माला नलगाउने निर्णय पनि गरे ।
मन्त्री किराँतीले मन्त्रालयमा भएका विकृतिलाई अन्त्य गर्ने र कुनै भनसुन नचल्ने समेत स्पष्ट पारे । मुलुकको पर्यटन क्षेत्रलाई अघि बढाउनका लागि आवश्यक पूर्वाधारका साथ नीति नियम बनाउनमा ध्यान केन्द्रित गर्ने उनको भनाइ छ । किराँती नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् ।