नेकपा (बहुमत) द्वाराद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौँ । नेकपा (बहुमत) ले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । पार्टीले आज एक विज्ञप्ति जारी गर्दै चालक दलसहित ७२ जना सवार यती एयरको विमान सेती खोँच पोखरामा दुर्घटनाग्रस्त भएको घटनाप्रति दुःख व्यक्त गरिएको हो ।
दुर्घटनामा निधन हुने स्वदेशी तथा विदेशी सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको विज्ञप्तिमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ । विमान दुर्घटनाका बारेमा प्रभावकारी उद्धार गर्नका लागि सरकारसँग आग्रह गरिएको छ ।
पार्टी प्रवक्ता सुदर्शनले प्रेस विज्ञप्ति जारी गरी घाइतेहरूको स्वास्थ्यलाभको अपेक्षा गर्दै सम्बन्धित निकायलाई जहाज खरिद गर्दा दलाली प्रथाद्वारा नभएर सीधै सरकारद्वारा खरिद गर्न, जहाजसम्बन्धी दक्ष जनशक्ति निर्माण गर्न, जहाजका चालकलगायत कर्मचारीहरूलाई पूर्वसावधानी अपनाउन विशेष चेतावनी पनि दिएका छन् । प्रवक्ता सुदर्शनले जनताको ज्यानमाथि बारम्बार खेलबाड हुनु सम्बन्धित निकायको गैरजिम्मेवार कार्य हुने पनि प्रस्ट पारेका छन् ।
प्रवक्ता सुदर्शनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान १०ः३३ मा ६८ यात्रु र चार चालक दलका सदस्यसहित ७२ जना लिएर काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एनएएनसी एटीआर विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनै खोज्दा पोखरा महानगरपालिका १५ को नयाँ गाउँ र ७ को घारीपाटनबीच सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको दुःखद् खबरले हाम्रो पार्टीलाई मर्माहत बनाएको छ । स्थानीय जनता, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको जोडबलमा तीनजनालाई जिउँदै उद्धार गरी अस्पताल पठाइएको छ भने ३५ जनाभन्दा बढी यात्रुको शव निकालिएको छ । बाँकी उद्धारप्रक्रियामा रहेका छन् । सम्बन्धित परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको अपेक्षा गर्दछौँ ।’
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी सम्बन्धित निकायलाई जहाज खरिद गर्दा दलाली प्रथाद्वारा होइन, सीधै सरकारद्वारा खरिद गर्न, जहाजसम्बन्धी दक्ष जनशक्ति निर्माण गर्न, जहाजका चालकलगायत कर्मचारीहरूलाई पूर्वसावधानी अपनाउन विशेष चेतावनी दिन चाहन्छ । जनताको ज्यानमाथि बारम्बार खेलबाड हुनु सम्बन्धित निकायको गैरजिम्मेवार कार्य हुन जान्छ ।’र्यटनको सम्भावना भएको मुलुकका लागि चिन्ताको विषय हो ।”
दुर्घटनाको वास्तविक कारण यथासम्भव छिटो पत्ता लगाई सार्वजनिक गर्दै नेपाली हवाई आकासलाई सुरक्षित बनाउन प्रभावकारी कदम चाल्नसमेत नेपाल सरकार एवम् सम्बद्ध अधिकारीको ध्यानाकर्षण गरिएको छ । यसैबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि उक्त घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।