मन्त्रालय भागबण्डा टुङ्गो लगाउन बालुवाटारमा सत्ता साझेदार दलको बैठक
प्रकासित मिति : २०७९ माघ २, सोमबार १८:४१
प्रकासित समय : १८:४१
काठमाडौं । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा मन्त्रिपरिषद् पूर्णता, सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको छ ।
बैठकमा प्रधानमन्त्रफी पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।
सोमबार विहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच बालकोटमा झण्डै ५ घण्टा छलफल भएको थियो । सो क्रममा मन्त्रिपरिषद्लाई पूर्णता दिने र सभामुख निर्वाचनबारे छलफल भएको थियो ।