नारायण माविले मनायो ८६ औं वार्षिकोत्सब
बाँके, नारायण माध्यमिक विद्यालय नेपालगञ्जले ८६ औं वार्षिकोत्सब भव्यताको साथ मनाएको छ । विद्यालय समिति , विद्यार्थी र वडा कार्यालय समितिको उपस्थितिमा विद्यालय वार्षिकोत्सब मनाइएको हो ।बिहीबार शिवप्रसाद पाण्डेको अध्यक्षतामा कक्षा १ देखि १० सम्मको विद्यार्थीहरुलाई सहभागीताम विद्यालयको प्रगती विद्यालयको संर्घष बारे जिकिर गरियो । कार्यक्रममा विद्यालय व्यवस्थापक समितिका अध्यक्ष शिवप्रसाद पाण्डेले विद्यालयले विगतभन्दा राम्रो प्रगति गरेको बताए । उनले विद्यालयको शैक्षिक उन्नतिका साथै भौतिक विकास समेत भएको जिकिर गरे ।
अध्यक्ष शिवप्रसादका अनुसार लामो समय देखि विद्यालयले विद्यार्थीहरुको संख्यामा वृद्धि गर्न सकेको थिएन । तर विगत ३ वर्ष यता विद्यालयले पुनः पुरानै शैलीमा फड्को लगाएको छ । विद्यालयका प्रधानाध्यापक बाबू तरुण गौतमले अतिथि र प्रमुख अतिथिको स्वागत गर्दै विद्यालयको प्रगतिको कामना ब्यक्त गरे । उनले भने, विद्यालयलाई यहाँ सम्म दिन रात कदा मिहिनेत गरेर पुर्याउने सबैमा विद्यालय परिवार आभारी छ । हामीले यस विद्यालको विकासका निम्ती निरन्तर लागी रहनेछौं ।
त्यस्तै प्रमुख अतिथिको रूपमा सहभागी भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष नन्दकिशोर कश्यपले विद्यालयको प्रसंशा गर्दै भने, नारायण माध्यमिक विद्यालय एक समय नेपालगञ्जको नमुना विद्यालय थियो । जहाँ हजारौंको संख्यामा विद्यार्थीहरु थिए । ती विद्यार्थीहरु अहिले विभिन्न पोस्टमा रहेर काम गरिरहेका छन् । केही समय यता विद्यालयले त्यो प्रभाव पार्न न सकेपनी अहिले राम्रो उन्नति गरिरहेको छ । उनले भने, म पनि यहि विद्यालयको एउटा विद्यार्थी हुँ, जसले कक्षा १ देखि १० सम्म यही विद्यालयमा ज्ञान हासिल गरेको छ । अहिले विद्यालयको अवस्था दयनीय भएको देख्दा दुख लाग्छ । हामीले यसविद्द्यालयको विकासका निम्ति निकै गम्भीर भएर लागेका छौँ । व्यवस्थापन समितिले शैक्षिक भौतिक विकासको लागि पहलकदमी गरे, वडा कार्यालयले समेत सहयोग गर्ने प्रतिबद्धता जनाउँछु ।
सोही वार्षिकोत्सबमा विद्यालयले परम्परागत रूपमा गर्दै आएको अध्यापक अध्यापिकाहरुलाई सम्मान पनि गरेको छ । जसमा विद्यालयका वरिष्ठ अध्यापक युसुस अन्सारीलाई प्रमाणपत्र सहित सम्मान गरियो । त्यस्तै विद्यालयले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगिता तथा खेलकुदमा उत्कृष्ट विद्यार्थीहरुलाई समेत प्रमाणपत्र सहित कापी कलमले सम्मान गरिएको छ । यसक्रममा सहभागी भएका विभिन्न मिडिया कर्मी तथा पत्रकारहरुलाई समेत दोसाला लगाएर विद्यालयले सम्मान गरेको हो । जसमा कुशे न्यूज डट कमका जिल्ला संवाददाता इरफान अलि (अरसद) समेत रहेको छन् ।
सो कार्यक्रममा वडा कार्यालयका राजेश कुमार बैश्य , जितेन्द्र कुमार गुप्ता , सदस्य पुनम कुमारी लखेर, साबिता वाल्मीकी लगायतले सहभागिता जनाएका थिए ।