पृथ्वी जयन्तीको अवसरमा कोहलपुरमा दिप प्रज्वलन
कोहलपुर, बाँकेको कोहलपुरमा पृथ्वी जयन्तीको अवसरमा दिप प्रज्वलन गररिएको छ । मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, कोहलपुर मोडेल कलेज कोहलपुर र न्यु बागेश्वरी एकेडेमी कलेजका विद्यार्थीहरुले कोहलपुरको न्युरोडमा उक्त कार्यक्रमको आयोजना गरेका हुन ।
उक्त कार्यक्रममा वागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एवम् प्राज्ञिक विद्यार्थी परिषद बागेश्वरी क्याम्पसका अध्यक्ष एकराज शर्माले दिप प्रज्वलन गरि उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै एकराज शर्माले ३०१ औ पृथ्वी जयन्तीको अवसरमा उहाँको स्मरण गरेका थिए ।
पृथ्वीनारायण शाह विस १७७९ मा गोर्खाका राजा नरभुपाल शाह र माता कौश्ल्यावतीका सुपुत्र रहेको जानकारी दिदै उनले पृथ्वीनारायण शाहले नेपालको एकीकरण मात्र गरेनन् कि नेपाल र नेपालीलाई दिव्य उपदेश समेत दिए । नेपाल चारवर्ण छतिस जातको शाझा फुलवारी भएकोले सबैले एक अर्काको सम्मान गर्न, पारस्परिक सम्बन्ध कायम गर्न, नेपाल देशको रक्षा गर्ने कार्यमा जोड दिएको शर्माले बताए ।
उनले पृथ्वीनारायण शाह रामायण, महाभारत, शुक्रनीतिको राम्रो ज्ञान भएका राजा हुन । उनिसंग धनुवाण, तरबार, घोडसवारी र दौडमा राम्रो दखल थियो । उनले गोर्खा राज्यबाट काठमाडौं राज्यको आक्रमण गर्ने योजना बनाई अगाडि बढेका थिए । काठमाडौ उपत्यकाको लडाईमा सफलता हांसिल गरि तत्कालीन समयमा नेपालमा भएका टुक्रा राज्य बाईसे र चौविसे राज्यलाई एकीकरण गरि सिगो नेपाल बनाएकाले उनलाई रास्ट्रपिता मानिएको वताए ।पृथ्वीनारायण शाहले बेलायतको तत्कालीन ईस्ट ईन्डिया कम्पनी र तिब्बति संग कुनै सम्झौता गर्न चाहेनन् जसको फलस्वरूप आज हामीले नेपाल र नेपाली भन्न् पाएकोम गर्व गर्न आम उपस्थितसंग अनुरोध गरे । घुस खाने र घुस दिने दुबै रास्ट्रका शत्रु भएकोले आजको समयमा उनले दिएको उपदेशको उपहास गरेको वताए । शाह सैन्य कुटनैतिक सवाल, आधुनिक नेपालको परिकल्पनाकार ऐतिहासिक व्यक्तित्व भएको वताए ।
उनको नेपाल एकिकरण संगै रास्ट्रिय एकताको सन्देश दिएकोले आजको समयमा उनलाई विर्सना नहुने कुरामा जोड दिए । शाहले गरेको योगदानको कदर गर्दै बडामहाराजको उपाधी दिएको स्मरण गराए । जन आन्दोलन २०६२/०६३ पछि उनको योगदानको अबमुल्यन गरि राजनीतिक दलले ईतिहास मेटाउन खोजेकोले यो सरकारले आजको दिन बिदा दिएकोले सरकारलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा बोल्दै विद्यार्थी युवराज विस्टले पृथ्वी जयन्तीको आवश्यकताले ईतिहासको स्मरण गराएको वताए । उनले भने आजको समयमा एकताको खांचो भएकोले यसको योगदान पृथ्वीनारायण शाहको रहेको वताए । कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषदका केन्द्रिय सदस्य भिम रोकायले पृथ्वीनारायण शाहको स्मरण गदै आजको यो कार्यक्रम देशव्यापी गरिएको वताए । उनले आजको दिन सधै पृथ्वी जयन्ती मनाउदै आएको वताए ।
कार्यक्रममा परिषदका पुर्व केन्द्रिय सचिव प्रकाश शर्माले पृथ्वी जन्तिको शुभकामना दिएका थिए । प्राज्ञिक विद्यार्थी परिषद बागेश्वरी बहुमुखी क्याम्पसका संयोजक नबराज विक, परिषदका लुम्बिनी प्रदेश सदस्य चन्द्र पंगाली, संगिता रोकाय, देवि रेग्मी लगायत परिषदका पदाधिकारीहरु, सर्वसाधारण व्यक्तिहरु, सुरक्षाकर्मी, सन्चारकर्मीको बाक्लो उपस्थित रहेको थियो । उक्त कार्यक्रमको सन्चालन प्राज्ञिक विद्यार्थी परिषद सुदुर पश्चिम प्रदेश सचिव जनता राईकाले गरेकि थिइन ।


