कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा
प्रकासित मिति : २०७९ पुस २७, बुधबार २२:२०
प्रकासित समय : २२:२०
सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का नेता राजकुमार शर्मा नियुक्त भएका छन् । आज (बुधबार) प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
शर्मालाई २५ सांसदको समर्थन रहेको छ । उनलाई माओवादीका १३, एमालेका १०, राप्रपाका १, समाजवादीको १ गरी २५ सांसदको समर्थन रहेको छ ।