प्रचण्डलाई विद्यार्थी नेताको प्रश्न – ‘फागुन १ गते राष्ट्रिय विदा दिने हिम्मत छ ?’
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दश बर्षे जनयुद्ध सुरुवात गरिएको दिन फागुन १ गतेलाई राष्ट्रिय बिदा दिने हिम्मत छ ? भनेर प्रश्न गरिएको छ ।
प्रचण्ड नेतृत्वको सरकाद्धारा पौस २७ गते पृथ्वी जयन्तीको सन्दर्भमा राष्ट्रिय एकता दिवस मनाउन सार्वजनिक दिएको सन्दर्भ यसबिषयलाई विभिन्न कोणवाट बहस भइरहकै बेला जनयुद्धका तत्कालीन नेतृत्वकर्ता प्रचण्डलाई विद्यार्थी नेता मिलन राईले ‘फागुन १ गते राष्ट्रिय विदा दिने हिम्मत छ ?’ भनेर प्रश्न गरेका छन् ।
विद्यार्थी नेता राई २०५२ फागुन १ गते वर्तमान प्रधानमन्त्री तथा जनयुद्धका तत्कालीन नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सुरुभएको दशबर्षे जनयुद्धबाट उदाएर जनयुद्धको उदेश्य पूरा नभएको भन्दैँ ‘बर्तमान राजनीतिक व्यवस्थालाई बदल्नुपर्छ’ भनेर संघर्ष गरिएको दल धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हुन् ।
विद्यार्थी नेता राईले आज सामाजिक सन्जालमा प्रतिक्रिया दिदैं प्रधानमन्त्री प्रचण्डलाई व्याङ्गतमक रुमपा तीन वटा प्रश्न तेस्राएका छन् । उनले “प्रचण्ड ज्यु ! तपाईं संग जनयुद्धको सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने हिम्मत छ ? तपाईं संग बेपत्ता योद्धाको अवस्था सार्वजनिक गर्ने हिम्मत छ ? के फागुन १ मा राष्ट्रिय विदा दिने हिम्मत गर्न सक्नुहुन्छ ?” भनेर प्रश्न गरेका छन् ।
प्रधानमन्त्रीलाई समर्थन गरेको दल राप्रपाले सरकारमा सहभागी हुन पुस २७ गतेपृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको मान्यता दिई सार्वजनिक बिदा दिनुपर्ने माग राखेको थियो।
सत्तासाझेदार दलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख थियो। सो निर्णय कार्यान्वयन गर्दै मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यस बिषयलाई लिएर प्रचण्ड नेतृत्वको सरकारको आलोचना सुरु भएको छ । आतबार मात्र तीन वटा कम्युनिस्ट पाटीहरु धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), मोहन बेध्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र सन्त बहादुर नेपाली नेतृत्वको नेकपा (मशाल) ले संयुक्त विज्ञप्ति नै जारी गरेर प्रचण्ड नेतृत्वको सरकारले घोर प्रतिगामी कदम चालेको आरोप लगाएका छन् ।
उक्त विज्ञप्तिमा ”हिजो २०६३ साल जेठ ४ गते पुनर्स्थापित संसद्वारा राजतन्त्रको अन्त्य गर्ने प्रक्रियामा श्री ५ को सरकार’ नलेख्न र तत्कालीन राष्ट्रिय गान ‘श्रीमान् गम्भीर’ हटाउन गरिएको निर्णय र २०६५ साल जेठ १५ गते ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ को पहिलो संसदले राजतन्त्रको अन्त्य गरी पुस २७ गते पृथ्वीनारायण शाहलाई एकताका प्रतीक मान्दै पृथ्वीजयन्ती मनाउने निर्णय खारेज गरेको सन्दर्भमा वर्तमान सरकारले उक्त निर्णय उल्ट्याउने प्रतिगामी कदम चाल्न थालेकोमा हामी तीन पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यो वास्तवमा राजतन्त्रलाई पुनर्स्थापना गर्ने प्रतिगामी कदम हो यो नेपाली जनताले विभिन्न ऐतिहासिक जनआन्दोलनहरूमा गरेको बलिदान र रगत पसिनामाथि खेलबाडबाहेक अरू केही होइन । त्यसकारण हामी यो प्रतिगामी कदमको घोर भर्त्सना गर्दै नेपाली शोषित – उत्पीडित जनतालाई ऐतिहासिक जनसङ्घर्षहरूका उपलब्धिको रक्षा गर्न र त्यसका लागि कडा सङ्घर्षको तयारी गर्न आह्वान गर्दछौं ।”