भेट्रान्स टिममा वडा नम्वर १६ च्याम्पियन
ललितपुर, चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताको दोस्रो दिन भेट्रान्स टिम इभेन्ट्समा वडा नम्वर १६ ले स्वर्ण पदक जितेको छ । मंगलवार सम्पन्न फाइनलमा वडा नम्वर १६ ले २० वडालाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको हो ।
स्वर्ण जित्ने टोलीका खेलाडीहरुमा ऋतम शाक्य, राजेन्द्र श्रेष्ठ, राजु शाक्य, सुशिल बज्राचार्य र प्रकाश धाख्वा रहेकाछन् । ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा क्लबहः खाद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिता अन्तर्गत मंगलवार भएको मेन्स टिम इभेन्टसका खेलहरुमा वडा नम्वर ७ ले वडा नम्वर १६ लाई ३–१ तथा वडानम्वर १२ ले ८ वडालाई ३–१ ले पराजित गरी फाइनलमा पुगेका छन् ।
यी दुई विचको फाइनल खेल भोलीवुधवार हुनेछ । फ्लडलाइटको प्रकाशमा रातीमा सञ्चालनहुने रात्रीकालिन टेबल टेनिस ललितपुर जिल्लामा परम्परागत रुपमाहंदै आएको प्रतिष्ठित टेबल टेनिस प्रतियोगिताको रुपमा चिनिन्छ । १३ वटाइभेन्ट्स समावेश प्रतियोगितामा युवा खेलाडी देखि अन्तर्राष्ट्रिय खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।