युथ टुडेका सम्पादक खान ‘राम आधार–रामप्यारी पत्रकारीता पुरस्कारबाट सम्मानित
प्रकासित मिति : २०७९ पुस २४, आईतवार ०९:५५
प्रकासित समय : ०९:५५
नेपालगन्ज, युथ टुडे न्युज डट कमका सम्पादक आलम खान ‘राम आधार–रामप्यारी’ पत्रकारीता पुरस्कारबाट सम्मानित भएका छन् ।सम्पादक खानलाई नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औँ साधारण सभाको अवसरमा ५ हजार रुपैयाँ राशि सहित सम्मान प्रदान गरेको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह र महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले संयुक्त रुपमा सम्पादक खानलाई पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
पत्रकारितका माध्यमबाट शिक्षा र सामाजिक विषयमा योगदान गरेको भन्दै उक्त सम्मान सम्पादक खानलाई प्रदान गरिएको हो । खान विगत १९ वर्ष देखि पत्रकारीता गर्दै आएका छन् ।
सम्पादक खान प्रेस सेन्टर लुम्बिनी प्रदेशका सचिव तथा नरैनापुर गाउँपालिकाका प्रेस संयोजक समेत हुन् ।