रेडक्रस कोहलपुर उपशाखाको ५ औं अधिवेशन सम्पन्न
कोहलपुर, नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाको १८ औं उपशाखा सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगर सरकारले २४ जिल्लाका सुत्केरी महिला, शिशु मातृको जीवन रक्षा गर्न, रगतको अभावमा छ्ट्पटिएका व्यक्तिहरु लगायत अशक्त विरामिहरुका लागी नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखामा रक्त सञ्चार सेवा निर्माण गर्नका लागि २२ लाख बजेट छुट्याएको वताए ।उनले कोहलपुरमा रहेका सबै सामाजिक संघ संस्थाले मानवीय सेवामा काम गर्नका लागी नगर सरकारसंग आए हातेमालो गर्ने वताए । उनले स्थानीय सरकारले मात्र काम गरेर नहुने तर स्थानीय सरकारलाई संघसंस्थाको साथ सहयोग हुनुपर्ने कुरामा जोड दिए । स्थानीय सरकारले आम कोहलपुर बासीले अनुभुती हुने गरी काम गर्ने कुरामा जोड दिए । आफुहरु सर्व दलिय, सर्व पक्षिय तरिकाले सबैको सहकार्यमा मानवीय हितको पक्षमा काम गर्ने वताए ।
कार्यक्रममा विशिस्ट अतिथि तथा कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुवेदीले नगर सरकारले जनताको पक्षमा लागेर काम गर्ने कुराम प्रतिवद्दता व्यक्त गरिन । आगामी दिनमा रेडक्रसलाई अझै थप सहयोग गर्ने कुरामा ढुक्क हुन आग्रह गरिन ।
कार्यक्रम बोल्दै नयाँ कार्य समितिका सभापती दिनेश सिग्देलले देखिने गरी मानवीय सेवामा लाग्न र उत्कृष्ट शाखाको साख बचाउने मात्र होइन सुखी, सन्तुष्टी र दिगो विकास गर्ने कुराको प्रतिवद्द्ता व्यक्त गरे । कार्यक्रममा बोल्दै कार्यक्रमका सभापती एवम् निवर्तमान सभापती नारायण प्रसाद गौडेलले आफू ९ वर्ष सम्म सभापती भएको र १८ वर्ष सम्म झोलाबाट सुरु गरेको संस्था आज कोहलपुरको मानवीय सेवाको स्थापित संस्था भएको जानकारी दिए । उनले नेपालको उत्कृष्ट शाखा बनाउने कार्यमा आफू र आफ्नो टिम लागेर आजको अवस्थामा आएको कुरा व्यक्त गरे । कार्यसमितिमा आउन चाहने साथीहरुलाई मानवीय सेवामा लागी रहे फेरि २ वर्ष पछि पालो आउने भएकाले धैर्य गर्न सिक्नुपर्ने वताए । सम्मान पैसाले किनेर आउने होइन जसले समाजमा देखिने गरी उत्कृष्ट काम गर्छ समाजको लागी अहोरात्र लाग्छ ती व्यक्ति तथा संस्था मात्र सम्मानित हुने कुरा वताए । उनले सम्मान सानो होइन सबै सम्मानित हुन नसक्ने कुराको जिकिर गरे । साथै उनले सम्मानित हुने र नयाँ कार्यसमिती सबैभन्दा बधाई दिनुका साथै आफ्नो कार्यकालमा सहयोग गर्ने प्रती धन्यवाद व्यक्त गरे ।
कार्यक्रम विभिन्न व्यक्ती तथा संस्था लाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य, उप प्रमुख संगिता सुवेदी, प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकाल, कोहलपुर नगरपालिकाका वडा नं १ देखि १५ वडा अध्यक्षहरु, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐन बहादुर मल्ल, इलाका प्रशासन कार्यालयका प्रमुख कांशी पंगेनी, विशिस्ट सदस्यहरु तारादेवी भुसाल, उज्वल सापकोटा, पुर्व कार्य समिति सदस्य दुर्गा वास्तोला, उत्कृष्ट स्वयंसेवक मेवालाल थारु, २०७८/०७९ उत्कृष्ट मिडिया वर्ष पुरस्कार बाट कोहलपुर टुडेका सम्पादक एकराज शर्मा, ०७८/०७९ उत्कृष्ट पत्रीका वर्ष पुरस्कारबाट कोहलपुर टुडे ड्ट कम अनलाईन, नेपाल टेलिभिजन कोहलपुर, साहारा टिभिका हिमांशु शाही, जिल्ला ट्राफिक कार्यालय कोहलपुर, पवन कुमार थारु, यम बाहादुर गैरे र शिवध्वज शाहीलाई सम्मान गरिएको थियो । कार्यक्रमको स्वागत मन्तव्य सचिव गोविन्द वाग्लेले गरेका थिए ।कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटीका सभापति, १५ वटै वडाका वडा अध्यक्षहरु, ज्ञानोदय सामुदायिक पुस्तकालयका सचिव एकराज शर्मा, विभिन्न उपशाखाका सभापतिहरु, सल्लाहकार भानुभक्त भट्टराई, नारायण प्रसाद सिग्देल, केशर आले, विभिन्न संघसंस्थाका प्रतिनिधि सुरक्षाकर्मी, विद्यार्थी र पत्रकारहरुको उपस्थित रहेको थियो । नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाको सर्वसम्मत नयाँ कार्यसमिती चयन भएको छ । जसमा सभापति दिनेश सिग्देल, उपसभापति उर्मिला पौडेल, सचिव सन्जय पन्त, कोषाध्यक्ष वासुदेव उपाध्याय, सहसचिव बद्रीनाथ सापकोटा, सह कोषाध्यक्ष गोपिलाल शर्मा र सदस्यहरु सत्य देवि ढकाल, टेकेन्द्र कुमार महतरा, लोकमान सिंह, छत्र प्रसाद रेग्मी, रुद्रमणी न्यौपाने भएका छ्न । कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन सचिव र कोषाध्यक्षले पेश गरेका थिए । उक्त कार्यक्रमको सन्चालन उपशाखाका कार्यालय प्रमुख युवराज शर्माले सहजीकरण गरेका थिए ।