दैलेखमा टिपर दुर्घटना : चालकको मृत्यु, दुई जना घाइते
प्रकासित मिति : २०७९ पुस १९, मंगलवार २०:५७
प्रकासित समय : २०:५७
दैलेख । दैलेखमा टिपर दुर्घटना हुँदा चालको ज्यान गएको छ । मंगलबार मध्य पहाडी राजमार्गको चगत्रा–पादुका खण्डमा दुर्घटनामा परेको हो ।
दुल्लु नगरपालिकाको भे १ ग ७७ नम्बरको टिपर दुल्लु नगरपालिकाको कार्यालयबाट डस्टविन लिई दुल्लु नगरपालिकाको वडा नं ९ को कार्यालयलतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुल्लु नगरपालिका–९ को गोविधारा नजिक टिपर अनियन्त्रित भई दुर्घटनामा पारेको हो ।
उक्त दुर्घटनाबाट मृत्यु हुनेमा टिपर चालक दुल्लु नगरपालिका–३ सियालाका धनबहादुर बुढा रहेका छन् । उनलको उपचारको क्रममा दूल्लु अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । यस्तै, टिपरमा सवार दुल्लु नगपालिका–२ का पुर्णबहादुर थापा र दुल्लु नगरपालिका–७ नगेन्द्र रावत रहेका छन् । उनीहरुको दुल्लु अस्पतालमा उपचार भइरहेको छ ।