नेपालगन्जबाट खुकुरी प्रहार गरेर फरार ४ जना पक्राउ

नेपालगन्ज, बाँकेको नेपालगन्जबाट खुकुरी प्रहार गरेर फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।आईतबार बाँके नेपालगंजका अनुराग शाह, सुभमजंग शाह, जानकी गा.पा.वडा नं.३ का उज्वल शाहलाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालगंज उप–महानगरपालिका वडा नं.१८ वस्ने २९ बर्षिय विनय भण्डारी, वडा नं.६ वस्ने वर्ष ३१ का तासे भन्ने प्रकाश थापा, राप्तीसोनारी गा.पा. वडा नं.२ वस्ने ३१ बर्षिय नारायण डाँगी, वैजनाथ गा.पा. वडा नं.५ वस्ने २९ बर्षिय प्रकाश रसाईली भन्ने तुल्सीराम सुनारलाई डुडुवा गा.पा वडा नं.२ दासपुरुवा भन्ने स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनिहरुको साथबाट घटनामा प्रयोग गरेको भारतिय नम्बर प्लेटको कार, २ थान खुकुरी समेत प्रहरीले बरामद गरेको छ ।