दलित मुक्ति मोर्चा बाँकेको अध्यक्षमा सागर
नेपालगन्ज, नेकपा (बहुमत) निकट दलित मुक्ति मोर्चा बाँकेको जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रबार नेपालगन्जमा भएको प्रथम सम्मेलनले सागरको नेतृत्वमा २३ सदस्य जिल्ला समिती गठन गरेको हो।मोर्चाका केन्द्रीय अध्यक्ष दर्शन नेपालीको प्रमुख आथित्वमा भएको कार्यक्रममा, विशेष अतिती नेकपा (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा भेरी कर्णाली ब्युरो इन्चार्ज संगम रावत, अथितीहरुमा पार्टी केन्द्रीय सदस्य तथा बाँके-बर्दिया इन्चार्ज प्रेम बहादुर चलाउने ‘अनन्त’, पार्टीका बाँके जिल्ला संयोजक कृष्ण शाह, बर्दिया जिल्ला संयोजक शक्ति, पार्टीका बाँके जिल्ला सल्लाहकार समिती संयोजक चुन्नु चाचा, मोर्चाका ब्युरो इन्चार्ज वीर बहादुर परियार लगायतका नेता तथा तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
पछिल्लो समय देशव्यापी रुपमा पार्टी र जनवर्गीय संगठन र मोर्चा सुदृढ गर्ने अभियान अन्तर्गत मोर्चाको सम्मेलन गरिएको नेकपा (बहुमत) का बाँके जिल्ला संयोजक बाँके जिल्ला संयोजक कृष्ण शाहले जानकारी दिए ।
साथै उनले छिट्टैनै विद्यार्थी, युवा, मजदुर लगायतका जनवर्गीय संगठनको सम्मेलन भेला गरेर संगठन सुदृढ गरिने समेत जानकारी दिए ।