समृद्द कोहलपुर सुखी नगरवासी बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोहलपुर, कोहलपुर आर्थिक विकाको परिदृस्टी (भिजन) साझा बुझाई कार्यक्रमको अन्तर्कृया सम्पन्न भएको छ । वि सं २१०० को लागि कोहलपुर सहरको आर्थिक विकास दुरदृस्टी सम्बन्धि “समृद्द कोहलपुर सुखी नगरवासी” भन्ने शिर्षकमा विभिन्न सरोकारवाला निकायविच छलफल भएको हो ।

कार्यक्रममा यस भन्दा ३ महिना अगाडि उक्त स्थानमा कोहलपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रमका सरोकारवाला निकायले दिएको सुझावलाई आधारमानी तयार गरिएको योजनालाई सहजीकरण गर्दै कोहलपुर नगरपालिका सामाजिक विकास समिती संयोजक ईश्वरी विकले भोलिको कोहलपुर समृद्द हुने कुरा वताए ।
उनले आजको २१ औ वर्षपछि कोहलपुर नगरपालिकामा बसोबास गर्ने व्यक्तिहरुको जिवनस्तर राम्रो हुने परिकल्पना गरेको वताए ।

यसैगरी मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा पुर्व क्याम्पस प्रमुख तथा अर्थशास्त्र विषयका प्राध्यापक रमेशचन्द्र अधिकारीले निजि क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न सके भोलिको कोहलपुर सोचेजस्तो हुने र कोहलपुरको समृद्द हुने वताए । यसैगरी मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एवं पाठ्यक्रम विषयका प्राध्यापक एकराज शर्माले समृद्द कोहलपुर सुखी नगरवाशिको लागि आम कोहलपुर वासिका आधारभुत आवश्यकता पूरा गर्ने ग्यारेन्टी गर्दै गुणस्तरीय एवं प्राविधिक शिक्षामा जोड दिने खालको नीति ल्याउनु पर्ने जोड दिए ।

उनले कोहलपुरलाई शैक्षिक हवका रूपमा विकास गर्न हरेक विद्यालयका भौतिक संरचना निर्माणमा जोड, विषयगत शिक्षकको परिपुर्ति, एउटा कक्षामा ५० जना मात्र विद्यार्थी राख्नुपर्ने, शिक्षकलाई राजनीतिबाट टाढा राख्नु पर्ने हरेक विद्यालय निजि तथा सरकारी दुवै विद्यालयलाई फरक फरक धारको प्राविधिक तथा सामन्य विषयको अनुमति दिनसकेमा शिक्षामा आमूल परिवर्तन ल्याउन सकेमा मात्र यो नारा अबको २१ बर्ष पछि पूरा हुने तर्क गरे ।

शर्माले युवाहरू जनशक्ति विदेश पलायन भएकोले त्यो रोक्नुपर्ने, बांके रास्टृय निकुञ्जको प्रयोग र मानसरोवर जाने ठाँउको केन्द्र कोहलपुर भएकाले पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने र १५-६० बर्षको जनशक्ति लाई स्वरोजगार दिन सकेमा अबको २१ बर्षमा कोहलपुर आजको परिदृश्य अनुसार अगाडी बढ्ने कुरामा जोड दिए । यसैगरी कोहलपुर नगरपालिकाका शिक्षा विज्ञ एवं पुर्व जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहले कोहलपुरमा गुणस्तरीय शिक्षाका चारवटा आधारहरु विज्ञान र प्रविधी, व्यवसायी आय आर्जन, ईमानदारीता र नैतिकता एवं स्वास्थ र शरीरलाई नितिमा ल्याउन सके परिकल्पना पूरा हुने तर्क पेश गरे ।

कार्यक्रममा कोहलपुर उधोगबाणिज्य संघका अध्यक्ष लक्षमण राज पौडेलले व्यापारीहरु तथा उधोगिहरु लाई नगरपालिकाले सुरुमा लाग्ने दर्ता शुल्कमा छुट दिएर ठुला लगानी कर्तालाई भित्रीने वातावरण तयार गर्नु पर्ने कुरा जोड दिए । डा. राजकुमार सुवेदीले कोहलपुर नगरपालिकाले एउटा मात्र नीति जो सरकारी जागिरेका छोराछोरी सरकारी विद्यालयमा पढाउने नीति लागू गर्दै शिक्षाको दरिलो ईतिहास कायम गर्न सरकारी र निजि विद्यालय विचको विभेद अन्त्य गर्नु पर्ने तर्क दिए । त्रिभुवन नमुना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक ऋषि शर्माले सरकारले सुशासन लाई जोड दिदै शिक्षाको पहुँच सबै नागरिकलाई प्रदान गरि सुनौलो भविश्य निर्माण गर्नका लागि काम गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा अन्जना पान्डेले समावेशीता र समानता लाई नितिमा ल्याई कार्न्वयन गर्नु पर्नेमा जोड दिए । कोहलपुरमा अहिले पनि जातीय भेदभाव तथा छुवाछूत अझै रहेकोले त्यसको अन्त्यगरी नितिगत आधार तयार गर्न जोड दिए । स्थानीय विज्ञ समुहका सदस्य जयश्वर पौडेलले नितिगत सुशासन, नेतृत्वको ध्यान कृषिमा जोड र जमिनको खन्डिकरण नगरी चक्लाबन्दि गरि स्वरोजगा्र बनाउन सके भोलिको कोहलपुरको परिकल्पना गर्न सकिने वताए । सहभागी शंकर न्यौपानेले स्वास्थ क्षेत्रमा विशेष ध्यान दिएर निशुल्क बनाउनु पर्ने र शिक्षकलाई राजनीतिक गन्धबाट टाढा राख्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा कोहलपुर नगरपालिका आर्थिक विकास समिती संयोजक, वडा नं ४ का वडा अध्यक्ष मुवारक अलि गुजर, कार्यपालिका सदस्यहरु लगायत विभिन्न सरकारी गैरसरकारी संघ संस्थाका व्यक्तिहरु, नेपाल सुनचाँदी व्यवसाय संघ, साना तथा घरेलु महासंघ कोहलपुर, साहित्यकार समाजसेवी बुद्धिजिवि पत्रकारहरुको उपस्थित रहेको थियो । कार्यक्रम ईश्वरी विकको अध्यक्षतामा सम्पन्न भएको थियो ।
DB
DB Shahi