ज्येष्ठ सदस्य जबराले बोलाए सर्वदलीय बैठक
प्रकासित मिति : २०७९ पुस ६, बुधबार २३:१५
प्रकासित समय : २३:१५
काठमाडौं । प्रतिनिधिसभा सांसदको शपथअघि ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सर्वदलीय बैठक बोलाएका छन् । राणाले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई भोलि १२ बजे बोलाएका हुन् । बैठकमा शपथसम्बन्धी कार्यक्रमको जानकारी गराइनेछ ।
बैठकमा १२ दलका प्रतिनिधि र स्वतन्त्र सांसदलाई बोलाइएको छ । बैठक संघीय संसद भवनमा बस्ने छ । सांसदको शपथ समय दिउँसो १ बजे तोकिएको छ ।