२३ एसपीको काज सरुवा, बाँकेमा सन्तोषसिंह राठौर

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । नक्सालले निकालेको काज सरुवा सूचीअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धन कार्यालयका दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

यस्तै नेपाल प्रहरी पहरा गणका कोमल साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा काज सरुवा गरिएको छ । उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाका एसपी सन्तोषसिंह राठौरलाई जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मेवारी दिइएको छ ।

हेर्नुस् काज सरुवाको सूची