बाँकेका पत्रकार चौधरीलाई सिध्याइदिने धम्की, को हुँन धम्किदिने कर्मचारी ?

नेपालगन्ज, बाँकेका पत्रकार हेमन्त चौधरीलाई धम्कि आएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाका सह-सचिव एवं राप्तीसोनारी खबर डटकम अनलाइनका सम्पादक समेत रहेका चौधरीलाई धम्कि आएको छ ।

पत्रकार हेमन्त चौधरी

सिक्टा सब-डिभिजन वन कार्यालयका प्रमुख सुनिल आचार्यले सार्वजनिकरुपमा दुर्व्यवहार र भौतिक आक्रमणको धम्की दिएका हुन् ।

२०७९ मंसिर २५ गते शनिवार राप्तीसोनारी गाउँपालिका वडा नं. ४ स्थित जानकी सामुदायिक वन उपभोक्ता समितिको भवन परिसरमा आयोजित साधारणसभामा उपस्थित सहायक वन अधिकृत आचार्यले समाचारको विषय उठाएर सिध्याइदिने धम्की दिएको पीडित पत्रकार चौधरीले बताए ।

यसै बिच पत्रकार चौधरीलाई धम्किएको बिषयलाई लिएर नेपाल पत्रकार महासंघ बाँके शाखाले ध्यानाकर्षण जनाएको छ ।

पत्रकार महासंघ बाँकेको तर्फबाट एक विज्ञप्ति जारी गर्दैँ पत्रकारलाई सार्वजनिकरुपमा दुर्व्यवहार र भौतिक आक्रमणको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानार्कषण भएको जनाएका छन् ।

समाचारको विषयमा चित्त नबुझे वा कुनै फरक मत रहे कानूनी उपचारमा जाने बिकल्प हुँदा हुँदै जिम्मेवार सरकारी अधिकारीबाट पत्रकार चौधरी माथि भएको दुर्व्यवहार एवं भौतिक आक्रमणको धम्कीको निन्दा एवं भर्त्सना गर्दै उक्त घटनामा संलग्न सहायक वन अधिकृत आचार्यलाई कानुनी कारवाही सम्बन्धित निकायसंग जोडदार माग गर्नुका साथै निर्वाध र भयरहित वातावरणमा समाचार संकलन गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चिता गर्न/गराउन सम्बन्धित निकायसंग समेत माग गरौका छन् ।