नरैनापुरका अध्यक्ष शाहद्धारा विश्व मानव अधिकार दिवसको शुभकमना
प्रकासित मिति : २०७९ मंसिर २४, शनिबार १२:१९
प्रकासित समय : १२:१९
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ७४ औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नरैनापुर वासी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नु भएको छ ।अध्यक्ष शाहले विश्वव्यापीरुपमा स्थापित मानव अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता नेपालको संविधानले गरेको स्मरण गर्दै उहाँले मानव अधिकारको प्रवद्र्धन र कार्यान्वयनका लागि नरैनापुर गाउँपालिका लागि परेको बताउनु भएको छ ।
मानव अधिकारको मर्म र भावनालाई आत्मासात गर्दै मानव जातिका साझा अधिकारहरु प्रत्याभूति गर्न सबैलाई सफलताका साथ यस क्षेत्रमा काम गर्न थप उर्जा मिलोस् भन्दै शुभकामना व्यक्त गर्नु भयो ।