यी हुन् माओवादी केन्द्रका १४ समानुपातिक सांसद
प्रकासित मिति : २०७९ मंसिर २४, शनिबार १८:०९
प्रकासित समय : १८:०९
काठमाडौं, नेकपा माओवादी केन्द्रले १४ जना समानुपातिक सांसदको सूची निर्वाचन आयोगसमक्ष पेस गरेको छ। माओवादीले पेस गरेको सूचीमा आदिवासी महिलातर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ परेका छन्।
त्यस्तै खस आर्य महिलातर्फ ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नारायणी शर्मा परेका छन्। थारू महिलातर्फ रुपा सोसी चौधरी, दलित पुरुषबाट रणेन्द्र बराली, दलित महिलातर्फ सुशिला सेर्पाली ठकुरी परेकी छन्।
खस आर्य पुरुषतर्फ हितराज पाण्डेको नाम परेको छ। मधेसी महिलातर्फबाट मीना यादवको नाम समेटिएको छ। मीना नेपाल समाजवादी पार्टीबाट सांसदको सूचीमा परेकी हुन्। मुस्लिम महिलाकोटाबाट उमरावती देवी यादव र कल्पना मियाँ परेकी छन्।