नेविसंघ बाँकेको अध्यक्षमा उपेन्द्र बिष्ट चयन

नेपालगन्ज, नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाँके जिल्ला अध्यक्षको नयाँ नेतृत्व उपेन्द्र बिष्टलाई दिइएको छ ।

नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष दुजाङ शेर्पाद्धारा हस्ताक्षरित पत्रअनुसार बिष्टलाई संगठनको बाँके जिल्ला अध्यक्षको जिम्मेवारी तोकिएको हो ।

नेविसंघको केन्द्रिय कार्यालयले जिल्लाहरुमा १७ गते विवरण मागेको थियो सोही विवरणका आधारमा मंसिर १९ गते अध्यक्ष पदको जिम्मेवारी तोकेको हो । 

बिष्ट बाँकेको विद्यार्थी आन्दोलनमा क्रियाशिल प्रभावसाली विद्यार्थीका रुपमा चिनिन्छन् ।