बाजुरा (क) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी
प्रकासित मिति : २०७९ मंसिर १८, आईतवार १३:४९
प्रकासित समय : १३:४९
धनगढी ,बाजुरा (क) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन्। वाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका शाही १०‚९७३ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८‚६३२ मत प्राप्त गरे। यसैगरी गठबन्धनबाट मित्रवत् प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विक (केशव)ले १‚०९८ मत प्राप्त गरेका छन्।
विजयी शाही राष्ट्रिय युवा संघका अध्यक्ष समेत हुन्। उनलाई काँग्रेसले समर्थन गरेको थियो।