दोलखामा एमाले बालकृष्ण शिवाकोटीको अग्रता कायमै
प्रकासित मिति : २०७९ मंसिर १८, आईतवार १५:४०
प्रकासित समय : १५:४०
काठमाडौँ, दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन् ।
हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उनले १९ हजार सात सय ४४ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले १८ हजार तीन सय ८५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।