अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मुल्य निर्धारण गर्न माग
काठमाण्डौँ, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले अन्तराष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न माग गरेको छ ।संगठनका केन्द्रिय अध्यक्ष मिलन राईले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दैँ पेट्रोलियम भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ ३८ पैसा र डिजेल प्रतिलिटर ११ रुपैयाँ २६ पैसा घटाएर पठाए पनि नेपाल आयल निगमले मूल्य समायोजन नगरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।
साथेै उनले आम नागरिकको दैनिकीसंग प्रत्यक्ष जोडिएको विषयमा गैरजिम्मेवार भएर जतिपटक भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर पठाए पनि समायोजन नहुनुले नेपाल आयल निगममा कतिसम्म भ्रष्ट र दलाल कर्मचारी छन भन्ने कुरा पुष्टि भएको बताए ।
साथै विज्ञप्तिमा ‘यस्तो अवस्था सिर्जना हुनुको प्रमुख कारण दलाल लुटेरा व्यवस्था नै हो । आमनागरिकलाई सहुलियत दिनुको सट्टा झन विभिन्न शिर्षक उपशिर्षकमा उच्च दर लगाएर अशुल्ने कर र लुटेरा सरकार मातहतको आयल निगममा हुने भ्रष्टाचार, अनियमितता, चुहावट लगायतको विकृतिले गर्दा मूल्य समायोजन हुन सकिरहेको छैन । हाम्रो संगठन यस्ता खालका अनावश्यक कर र विकृत क्रियाकलापहरुको तत्काल अन्त्य गरि मूल्य समायोजन गर्न जोडदार माग गर्दछ । अन्यथा जस्तोसुकै संघर्ष गर्न पनि पछि नहट्ने कुराको चेतावनी पनि यसै विज्ञप्ति मार्फत दिन चाहान्छ ।’
यस्तो छ विज्ञप्ति