मुचुल्का भन्दा बढी मत भेटिएपछि बाजुराको मतगणना रोकियो

काठमाडौँ ,  बाजुराको मतगणना फेरि रोकिएको छ। मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए।

उनका अनुसार बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो।

हालसम्म नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले नेकपा एमालेका कर्णबहादुर थापालाई पछि पार्दै अग्रता कायम राखेका छन्।

बाजुराको प्रदेश सभा कमा एकीकृत समाजवादीका नरेशकुमार शाही अग्र स्थानमा छन् भने एमालेका बलदेव रेग्मीले पछ्याइरहेका छन्।

४ मंसिरमा मतदानका क्रममा झडप हुँदा बुढीनन्दा नगरपालिका-९ मा यही मंसिर १० गते पुन: मतदान गरिएको थियो‍।