अछाम कमलबजारका २९ बर्षीय शाहीको दुबै मिर्गौला फेल

सहयोगको याचना गर्दैँ परिवार

अछाम, अछामको कमलबजार नगरपालिका-६ बिरपथ हात्तिबाझका २९ बर्षिय नरेन्द्र बहादुर शाही ‘नरेश’ दुवै मिर्गौला फेल भएका उपचारको लागि छ्ट्पटाईरहेका छन् । निम्न आर्थिक अवस्था भएका शाहीले आफ्नो शरीरमा भएका दुईवटै मिर्गौलाले काम नदिने थाहा पाएपछि जीवन बचाउनका लागि सहयोगको अपिल गरेका हुन् ।

आफु र आफ्नो परिवारको जीवन धान्न रोजगारीको लागी केही महिना पहिले भारतको महाराष्ट्र राज्यको पुर्णे पुगेका २९ बर्षिय शाहीको अहिले आएर दुवै मिर्गौलाले पुर्ण रुपले काम गर्न छोडेपछी प्रत्येक दिन बिराएर डायलाइसिस गराईरहेका छन् ।

सुरूमा शरिर सुन्निनेजस्ता विभिन्न समस्या देखिएपछी भारतको पुर्णे स्थित डिवाई पाटिल अस्पतालमा चेकजाँच गराउँदा शाहीका दुवै मिर्गौला फेल भएको पुष्टि भएको उनका दाजु पदम बहादुर शाही बताउँछन् । चिकित्सकले शाहीको जति सक्दो छिटो मिर्गौला प्रत्यारोपण गर्ने सल्लाह दिएका छन् । तर, आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचार गर्न नसकेपछि परिवार बिचल्लीमा परेको छ ।

‘एउटामात्रै मिर्गौला प्रत्यारोपण गर्न सकिए आफूले नयाँ जीवन पाउने तथा श्रीमती र छोराको भविष्य बनाउन पाउने थिएँ’, पीडित शाहीले बताए । सामान्य मजदुरीको भरमा जीवनयापन गरिरहेका शाहीको परिवारमा श्रीमती र २ छोरा रहेका छन् ।

‘तपाईंहरुकै आफन्त, छोरा, दाजुभाइ सम्झेर सहयोग गरिदिएर मलाई बचाउनुहोला’, उनले भने । मिर्गौला बिग्रिएपछि परिवार अभिभावकविहीन जस्तो भएको छ ।

मिर्गौला फेल भएदेखि दैनिक औषधि तथा सामान्य चेकअप गराउँदामात्रै अहिलेसम्म लाखौँ रकम सकिएको छ । बाँकी रकम परिवारको आर्थिक स्थितिभन्दा बाहिर तथा परिपूर्ति गर्न नसक्ने हुनाले सबैलाई सहयोगका निम्ति अपिल गरिएको उनका दाजु पदम बहादुर शाही बताए । सहयोगको लागि ९८४३८०७२०९ मा सम्पर्क गर्न सकिनेछ ।