मध्यपश्चिम विश्वविद्यालयद्वारा महिला हिंसा विरुद्दको अभियान ‘Orange Day’ मनाउने निर्णय

बिरेन्द्रनगर, मिति २०७९ मङ्सिर ९ (तदनुसार २०२२ नोभेम्वर २५) का दिन मध्यपश्चिम विश्वविद्यालय उपकुलपतिको कार्यालयद्वारा आयोजित एक अनलाइन छलफल कार्यक्रम मार्फत विश्वव्यापी रुपमा मनाईने महिला हिंसा विरुद्दको अभियान अर्थात ‘Orange Day’ विभिन्न कार्यक्रम सहित मनाउने निर्णय गरिएको छ ।

उक्त छलफल कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूले यस ‘MU Activism Against Violence of Women’ अभियानलाई नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म जम्मा सोह्र दिन महिला हिंसा अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम भौतिक रुपमै संचालन गर्ने र मध्यपश्चिम विश्वविद्यालयले यसको नेतृत्व गर्ने कुरा उल्लेख गर्नु भएको थियो ।

यस अभियानलाई कार्यान्वयन गर्न मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ एडुकेशनका उप-प्राध्यापक कल्पना पौडेलज्यूको संयोजकत्वमा एक समिति रहने जसमा विश्वविद्यालयका उपकुलपतिज्यू, सेवा आयोगका अध्यक्षज्यू, रजिष्ट्रारज्यू, डीनज्यूहरु, कार्यकारी निर्देशकज्यूहरु, परीक्षा व्यवस्थापन कार्यालय प्रमुखज्यू, प्राचार्यज्यू, केन्द्रीय विभाग प्रमुखज्यूहरु तथा निर्देशकज्यूहरु सदस्य रहने निर्णय भएको छ । साथै मध्यपश्चिम विश्वविद्यालयका सम्पूर्ण आंगिक क्याम्पसहरुमा समेत यस अभियानलाई कार्यान्वयन गर्न क्याम्पस प्रमुख सम्मिलित समिति गठन गरी विभिन्न कार्यक्रम आयोजना गरिने छ ।

अनलाइन छलफल कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्षज्यू, रजिष्ट्रारज्यू, डीनज्यूहरु, कार्यकारी निर्देशकज्यूहरु, प्राचार्यज्यू, केन्द्रीय विभाग प्रमुखज्यूहरु, निर्देशकज्यूहरु, क्याम्पस प्रमुखज्यू, प्राध्यापक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।